उत्कृष्ट प्रजिअहरू भन्नुहुन्छ: ‘जनताको सेवक बनेर लक्ष्य हासिल गरेका हौं’

काठमाडौँ । सेवाग्राहीलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरेका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफूहरू जनताको सेवक बनेर लक्ष्य हासिल गरेको बताउनुभएको छ ।

गृह मन्त्रालयले ७७ जिल्लाका प्रजिअसँग गरेको कार्यसम्पादन मूल्याङ्कनमा प्रथम हुन सफल झापाका प्रजिअ श्रवणकुमार तिमल्सिनाले ‘‘कर्मचारी कहिल्यै शासक हुन सक्दैनन्, ऊ जनताको सेवामै रमाउन सक्नुपर्छ’’ भन्नुभयो। ‘‘जिल्ला सफल हुनुमा प्रजिअको मात्रै हात हुँदैन, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, जिल्ला प्रशासन कार्यालयका कर्मचारी तथा नागरिकको समन्वयले मात्रै सम्भव हुन्छ,’’ उहाँले थप्नुभयो, ‘‘सेवाग्राहीलाई केन्द्रबिन्दुमा राखेर सबैले काम गर्दा आत्मसन्तुष्टि प्राप्त हुन्छ ।’’

उत्कृष्ट जिल्लामा परेका ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले समयमै कार्यसम्पादनका सूचकअनुसार रिपोर्टिङ गरेर अभिलेखीकरण गर्ने कर्मचारीसमेतको सहयोगले ललितपुर उत्कृष्ट जिल्लामा परेको बताउनुभयो। ।

यो पनि पढ्नुहोस

गृहको मूल्यांकन : झापा सीडीओ सर्वोत्कृष्ट मोरङका न्यून

 

Back to top button