एक करोड १८ लाख खर्च गरिसक्दा गुम्बाको जग मात्र तयार

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा निर्माणाधीन गुम्बा अलपत्र परेको छ । आर्थिक वर्ष २०७५।७६ मा निर्माण सुरु गरिएको ल्हाज्यालो वाङ्थिप गुम्बा करिब एक करोड १८ लाख खर्च गरिए पनि जग मात्र तयार भएको छ ।
कार्यसम्पादन मूल्याङ्कन चित्तबुझ्दो नभए पनि नगरपालिका र प्रदेशकै फरफारक भने भइसकेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

गुम्बा व्यवस्थापन समितिका सचिव धनकुमार तामाङका अनुसार करिब २१ करोडको लागतमा पाँच वर्षभित्र सक्ने गरी निर्माण सुरु गरिएको उक्त गुम्बा बजेट अभावका कारण निर्माण अलपत्र परेको हो । वडाअध्यक्ष भीम राईका अनुसार आर्थिक वर्ष २०७५। ७६ मा नगरपालिकाले १५ लाख र आर्थिक वर्ष २०७६।७७ मा प्रदेश सरकारले ९९ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।

Back to top button