एमसिसीको विरोधमा अनेरास्ववियुको रतुवामाईमा प्रदर्शन

इटहरा । नेकपा एमाले निकट अनेरास्ववियु रतुवामाईले एमसिसीको विरोध जनाउँदै प्रदर्शन गरेको छ । हिजो बेलुका अनेरास्ववियु रतुवामाई नगर कमिटीको आयोजनामा विद्यार्थीहरुले राँके जुलुससहित प्रदर्शन गरेका हुन् ।

विरोध र्‍यालीमा सहभागीहरुले एमसिसी सम्झौता कुनै पनि हालतमा पारित गर्न नहुने माग राखेका थिए । प्रदर्शनमा सहभागीहरुले एमसिसी खारेजी र जयसिँहलाई न्याय दे लगायतका नारा लगाएका थिए ।

रतुवामाईको आमबारी बजारबाट निकालिएको जुलुस शनिश्चरे बजारमा पुगेर कोणसभामा परिणत भएको थियोे । कोणसभामा अनेरास्ववियुका केन्द्रीय सदस्य तिर्थ बस्नेत, मोरङ जिल्ला सचिवालय सदस्य रुपेश ढकाल र नगर संयोजक सशांक चापागाईंले सम्बोधन गर्नुभएको थियो ।

Back to top button