पेरुका क्रान्तिकारी नेता गोन्जालोको जेलमै मृत्यु

काठमाडौं । पेरु क्रान्तिका नेता गोन्जालोको जेलमा नै रहेको अवस्थामा ६८ वर्षको उमेरमा निधन भएको छ । कम्युनिष्ट क्रान्तिका अगुवा दाशर्निक नेता गोन्जालोले आतंक फैलाएको आरोपमा पेरुका सरकारले सन् १९९२ देखि आजीवन कारावासको सजाय दिएको थियो ।

गोन्जालोको वास्तविक नाम अबिमेल गुजम्यान हो । पेरुको दक्षिण तटमा अवस्थित मोलेन्डो शहर नजिक सन् १९३४ मा जन्मेका गोन्जालोको वास्तविक नाम अबिमेल गुजम्यान हो ।

सन् १९९० को दशकमा पेरु कम्युनिष्ट पार्टी (साइनिङ पाथ)का अध्यक्ष गोन्जालोको नेतृत्वमा सशस्त्र जनयुद्ध सुरु भएको थियो । गाउँदेखि शहर घेर्ने रणनीतिका साथ अघि बढ्नु भएको उहाँले पेरुका अधिकांश गाउँ र केही मुख्य शहरहरुसमेत कब्जा गरेको थियो ।

साइनिङ पाथ राजधानी लिमासहित केन्द्रीय सत्ता पनि कब्जा गर्ने उद्देश्यको नजिक पुगिसकेको अवस्थामा सन् १९९२ सेप्टेम्बर १२ मा गोन्जालो लिमा सहरको एक घरबाट पक्राउ परेपछि उहाँले थालेको क्रान्ति बिथोलिएको थियो ।

Back to top button