म्यानचेस्टरबाट रोनाल्डोको दुई गोल

म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग अन्तरगत भएको गएरातिको खेलमा न्युक्यासललाई हराएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले न्युक्यासललाई ४–१ ले हराएको छ।

युनाइटेडको जितमा १२ वर्षपछि क्लबमा फर्किएर डेब्यु खेलेका पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्नुभएको छ ।

रोनाल्डोले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा र ६२ औँ मिनेटमा गोल गर्नुभयो । त्यस्तै ब्रुनो फर्नान्डेजले खेलको ८०औं र जेसे लिङगार्डले दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्नुभयो ।

न्युक्यासलका लागि जेभियर मनकुइलोले खेलको ५६ औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो । यो जितसँगै युनाइटेड चार खेलमा १० अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ भने न्युक्यासल समान खेलमा एक अङ्कसहित १९ औँ स्थानमा छ ।

Back to top button