सरोज खनालको ‘जीवनको पाना’ रिलिज

विराटनगर । अभिनेता सरोज खनालको परिकल्पना र राज केसीको निर्देशनमा तयार म्युजिकल ड्रामा ‘जीवनको पाना’ रिलिज गरिएको छ । मदनकृष्ण श्रेष्ठको आवाज रहेको यो गीत बमबहादुर श्रेष्ठले रचना गर्नुभएको हो भने संगीत सन्तोष श्रेष्ठले दिनुभएको छ ।

सर्जकहरूको जीवनको उत्तरार्धको कथा व्यथा समेटिएको यस म्युजिकल ड्रामालाई केन्द्र मोसन पिक्चर्स र राजेन्द्र वाग्लेले प्रस्तुत गर्नुभएको हो ।

मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, लक्ष्मणप्रसाद अधिकारीलगायतको अभिनय रहेको यस म्युजिकल ड्रामा म्युजिक भिडियोमा रमण घिमिरेको कविता र सरोज अभिनित विभिन्न फिल्मका दृश्यहरु समावेश छन् ।

Back to top button