बुनु श्रेष्ठको नयाँ गीत ‘तिमी मेरो हुन सकेनौ’ रिलिज

काठमाडौ । गायिका बुनु श्रेष्ठले नयाँ गीत ‘तिमी मेरो हुन सकेनौ’ दर्शक माझ ल्याउनु भएको छ । नरेश प्रधानको शब्द रहेको गीतमा दीपक शर्माको संगीत र रिदम कँडेलको संगीत संयोजन रहेको छ ।

वियोगान्त प्रेमकथामा आधारित यस भिडियोमा निराजन प्रधान र करुणा श्रेष्ठ प्रेम जोडीका रुपमा प्रस्तुत हुनु भएको छ ।

दीपेन बस्नेत र सास्वत श्रेष्ठको छायांँकन तथा मेरोन राजभण्डारीको सम्पादन रहेको भिडियो मनोज राजभण्डारीले निर्देशन गर्नुभएको हो ।

Back to top button