प्रदर्शन मिति तोक्दै ‘लप्पन छप्पन २’

काठमाडौ । दशैं अगाडि फिल्म हल खुल्ने भएपछि निर्माण भएर प्रदर्शन हुन नपाएका फिल्महरूले धमाधम आफ्नो रिलिज मिति तोक्न थालेका छन् । यस्तैमा फिल्म ‘लप्पन छप्पन २’ पनि आगामी महाशिवरात्री अर्थात १३ फागुनबाट प्रदर्शनमा आउने भएको छ ।  फिल्मका निर्देशन मुकुन्द भट्टले सामाजिक सञ्जाल मार्फत फिल्मको रिलिज मिति फेरि घोषणा गर्नु भएको हो ।

कोरोनाका कारण हामीले पहिलेको निर्धारित मितिमा रिलिज गर्न नसकेको भट्टले वताउनु भयो । कोरोना महामारी सुरु भएपछि रिलिज अन्योल बनेको फिल्मले फेरि गत चैत २७ गते प्रदर्शन मिति तोकेको थियो । सो समय पनि कोरोनाको दोस्रो लहरका कारण फिल्म रिलिज हुन सकेन । फिल्म एक्सन जनरामा निर्माण भएको भट्टले वताउनु भयो ।

फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व।दीपक क्षेत्री,सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतका कलाकारहरुको अभिनय रहेको छ । सुरज अधिकारी र प्रजापति शिवाकोटी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोषचन्द्र भक्रेल छन् ।

Back to top button