संसद्मा जारी गतिरोध अन्त्यका लागि सभामुख द्धारा सर्वदलीय बैठक आवहान

काठमाडौं । आज सर्वदलीय बैठक आज बस्दै छ । संसद्मा जारी गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटालेले सर्वदलीय बैठक बोलाउनुभएको हो ।
“संसदको गतिरोध अन्त्यका लागि सभामुखले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ,” सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भन्नुभयो,“सोमबार दिउँसो साढे २ बजे ल्होत्से हलमा बैठक राख्नुभएको छ ।”संसद्मा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । उक्त अवरोध हटाउने पहलस्वरुप सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको हो ।
यसअघि सभामुख सापकोटाले आइतबार कानुनमन्त्री राखेर नेकपा (एमाले)का सांसदसँग पनि वार्ता गर्नुभएको थियो । त्यो वार्ता निष्कर्षमा पुग्न सकेको थिएन। वार्तापछि पनि बैठक एमालेले अवरोध गर्दै आएको छ ।

Back to top button