सभामुखले बोलाएको सर्वदलीय वैठकमा ओली नजाने, नेम्वाङ र भट्टराई सहभागि हुने

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली नजाने हुनुभएको छ ।

सभामुखले प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीलाई व्यक्तिगत पत्र पठाएर निम्ता गर्नुभएको थियो । पछिल्लो समय सभामुखले प्रमुख प्रतिपक्षसँग भेदभावपूर्ण ब्यवहार गरेको भन्दै नेकपा एमालेका अध्यक्ष ओली रुष्ट हुनुभएको छ ।

आफू अध्यक्ष रहेको संवैधानिक परिषद् बैठक सभामुखले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा पटक–पटक बहिष्कार गरेपछि ओली नेकपाकालदेखि नै सभामुखसँग असन्तुष्ट हुनुहुन्छ ।

यद्यपी सर्वदलीय वैठकमा सहभागी हुन नेकपा एमालेका तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेता सहभागी हुने बताइएको छ ।

एमालेले सदन अवरोध जारीराखेपछि सभामुखले निकासका लागि भन्दै आज दिउँसोका लागि सर्वदलीय बैठक बोलाउनुभएको हो ।

Back to top button