धनकुटा । धनकुटाको साँगुरीगढी गाँऊपालिका–६ मालबासे स्थित कोशी राजमार्गमा सवारी दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा शहिदभूमी गाँऊपालिका–४ का ३६ वर्षीय गणेशमान राई रहेको प्रहरीले जनाएको छ ।
हिजो बेलुका संखुवासभाबाट धरान तर्फ आउदै गरेको को१ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउदै गरेको को१९प ९४२८ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भिर घाईते हुनुभएका मोटरसाईकल पछाडी सवार गणेशमानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा सामान्य घाइते हुनुभएका मोटरसाईकल चालक ईलाम चुलाचुली गाँऊपालिका– ६ का ३३ वर्षीय रत्न कुमार राईको सोही अस्पतालमा उपचार भईरहेको छ ।
बस चालक सुनसरी धरान–१३ का ५८ वर्षीय कृष्णबहादुर पाख्रिनलाई ईलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ ।