‘यो मेरो दिल’को छायांकन सुरु

काठमाण्डौं । शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा निमार्ण भैरहेको नेपाली कथानक चलचित्र ‘यो मेरो दिल’को छायांकन धमाधम नुवाकोट आसपासका क्षेत्रमा भैरहेको छ ।

सामाजिक परिवेशमा निमार्ण भइरहेको चलचित्रमा समाज भित्रका विभिन्न विकृति र कुरुतिलाई चलचित्रमा समावेश गर्नुका साथैप्रेमका आरोह र अवरोहलाई चलचित्रमा मुख्य रुपमा समेटिएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताउनु भयो

चलचित्र मा राहुल जेटली , प्रीतिका शर्मा,बिबन तामाङ ,प्रवेस लिम्बू, प्रतिमा राई,रोशिल रोशिल, रेनु थापा, सुर्य तामाङ , दस बहादुर तामाङ ,पदम सुनार , गंगा कुवँरको अभिनय रहेको छ ।

सुर्य बहादुर तामाङ को निर्माण ,बिबन तामाङ को सह निर्माण दस बहादुर तामाङ को कथा दिवस गुरुङ को छायांकन ,राजन महर्जन को नृत्य मदन न्यौपाने को श्रृङगार रहेको छ ।

आगामी तिहारमा चलचित्रलाई प्रदर्शनमा ल्याउने निमार्ण पक्षले बताएको छ ।

Back to top button