डडेल्धुराको वडा अधिवेशन अस्वीकार गर्दै पुन: अधिवेशन गर्न पौडेल समूहको माग

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय गरेको छ ।

आज पार्टी कार्यालय सानेपामा बसेको पौडेल समूहको बैठकले सभापति देउवाको गृह जिल्लाको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय गर्दै पुनः अधिवेशन गर्न माग गरेको छ । डडेल्धुरामा भदौ २५ गते भएको वडा अधिवेशन निष्पक्ष नभएको पौडेल समूहको ठहर छ ।

तल्लो तहबाट सिफारिस क्रियाशील सदस्य हटाउने र थप्ने काम आपत्तिजनक भएको पौडेलले बताउनुभएको छ । कांग्रेसमा क्रियाशील सदस्यता विवादका कारण २० जिल्लामा वडा अधिवेशन समेत अनिश्चित छ ।

देउवाको गृह जिल्लामा जिल्ला कार्यसमिति र वडा समितिले बहिस्कार गरेको पौडेलको भनाइ छ । यसले काँग्रेसको १४ औं महाधिवेशन निष्पक्ष हुनेमा आशंका उब्जिएको पौडेलले बताउनुभयो ।

Back to top button