वनरक्षकको परीक्षाका लागि पौडी खेल्ने अभ्यास गर्दा नदीमा डुवेर मृत्यु

दाङ । वनरक्षकको परीक्षाका लागि पौडी खेल्ने अभ्यास गर्न नदीमा जाँदा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दाङको राप्ती गाउँपालिका– ८ पिपरीका १९ वर्षीय आशिष चौधरीको आइतबार डुबेर मृत्यु भएको हो ।

उहाँदंगीशरण गाउँपालिका– ३ स्थित बबई नदीमा पौडीको अभ्यास गर्न जानुभएको थियो । नदीमा पौडिन नसकेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले उनुभयो  ।

‘वनरक्षकका लागि पौडिनुपर्ने, रूख चढ्नुपर्ने रहेछ,’ उहाँले भन्नु भयो, ‘त्यसकै लागि उनी बबई नदीमा हाम फालेछन्, राम्रोसँग पौडिन नआउने रहेछ, त्यसपछि उनको मृत्यु भयो ।’ आफूहरूलाई दिउँसो १ बजेतिर जानकारी आएको डिएसपी अर्यालले बताएउनु भयो । मृतक घरका एक्ला छोरा भएको प्रहरीले जनाएको छ ।

Back to top button