प्रदेश सरकारको काम : मुख्यमन्त्री र मन्त्रीका खल्तीका आयोजनालाई गौरव भन्दै प्रचार गरिँदै

विराटनगर । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले ३ वर्ष वर्ष ७ महिना सम्म प्रदेश सरकारको नेतृत्व गर्नुभयो । उहाँले औपचारिक होस या अनौपचारिक कार्यक्रमहरूमा समेत पटक पटक प्रदेश १लाई अन्य प्रदेश भन्दा अब्बल बनाउने बताउनु हुन्थ्यो ।
प्रदेशमा ठुला योजना भित्राउन तथा प्रदेशका विकास आयोजनाहरूलाई अगाडि बढाउन प्रदेश योजना आयोग पनि बनाउनु भयो  । तर मुख्यमन्त्री राईको पाला एउटा पनि आयोजना प्रदेश गौरवका रूपमा सूचीकृत भने भएनन् ।
सरकारले केही आयोजनालाई गौरवको आयोजना भन्ने गरेको छ । तर ती आयोजनाले औपचारिक रूपमा प्रदेश गौरवको आयोजनाको मान्यता भने अझै पाएका छैनन् ।गौरवका आयोजना छनोट गर्नका लागि पहिला योजना बैङ्क स्थापना गर्नुपर्छ । प्रदेश सरकारले योजना बैङ्क नै सञ्चालन नगरी अहिलेसम्म आयोजनाहरू सञ्चालन गरिरहेको छ ।
हालसम्म सञ्चालन भएका आयोजनाहरू मुख्यमन्त्री, मन्त्री र सांसदको खल्तीबाटै आएको आयोगका सचिव जयकुमार घिमिरेले बताउनु भयो।  । प्रदेश सरकारले सञ्चालन गरेका कुनै पनि आयोजना गौरवका योजनाका रूपमा नरहेको प्रदेश योजना आयोगका सचिव  घिमिरेको भनाई रहेको छ ।  योजना बैङ्क स्थापना हुँदा योजनाहरू सञ्चालन गर्न सजिलो हुन्छ,’ सचिव घिमिरेले भन्नुभयो। , ‘कस्ता खालका योजना सञ्चालन गर्न लागिएको हो, तिनीहरूको सम्भाव्यता अध्ययन, लागत समेत तयार पारेर मात्रै योजना सञ्चालन गर्ने गरिन्छ । त्यसो गर्दा कुनै पनि आयोजना पैसा अभावमा रोकिँदैन ।’ तर। प्रदेश सरकारकै निवर्तमान देखी बालवाल मुख्यमन्त्री देखी मन्त्री सम्मले चलिरहेकै योजनालाई गौरवका आयोजना भन्ने गरेका छन् ।
‘कार्यकर्ता पाल्नका लागि मात्र प्रदेश सरकारले विकासे योजना ल्याएको जस्तो देखिन्छ,’ आयोगका एक कर्मचारीले भन्नुभयो, ‘भोट बैङ्क संरक्षणका लागि वडाध्यक्षले जस्तो २–४ लाखका कार्यक्रम ल्याएर प्रदेश सरकारले काम गरिरहेको छ ।’ वडामा जतिको व्यवस्थित प्रदेश सरकार हून नसकेको कर्मचारीको आरोप रहेको छ । विकासे आयोजना कर्मचारीहरूले प्रदेश सरकारले ठुला आयोजना भन्दा झिना मसिनालाई अगाडि सारेकोले काम समेत नदेखिएको बताउँछन् ।
निवर्तमान मुख्यमन्त्री राईले भीम आचार्यलाई प्रदेश सरकारको ताला चाबी बुझाएपछि प्रदेश योजना आयोग नै पदाधिकारीविहीन बनेको छ । अल्पमतमा पर्नुभएका  मुख्यमन्त्री आचार्यले पद जोगाउनमै ध्यान केन्द्रित हुनुहुन्छ । उहाँले मन्त्रिमण्डल बिस्तार गर्न समेत सक्नु भएको छैन ।
निवर्तमान मुख्यमन्त्री राईले आयोगमा तीन जना नियुक्त गर्नुभएको थियो । जसमा सुबोधराज प्याकुरेल उपाध्यक्ष रहनुभएको थियो भने सदस्यहरूमा डा.पूर्णबहादुर लोक्सोम र मिना भण्डारी रहनुभएको थियो। । मुख्यमन्त्रीले राजीनामा दिएपछि उहाँहरू पनि पदबाट बिदा हुनु भएको छ ।
योजना आयोगले ६४ वटा आयोजनालाई आयोजना बैङ्कमा राख्न सुझाव दिएको छ । प्रदेश सरकारको मध्यावधि समीक्षामा ती आयोजनालाई गौरवको आयोजना भनिएको छ ।प्रदेश सरकारले प्रकाशन गरेको मध्यावधि समीक्षा पुस्तकमा ३ पेज लामो सूचीमा रहेका६४ वटा आयोजनालाई लाई प्रदेश गौरवका आयोजना तथा जिल्लागत सम्भावित उद्योगहरूको सूची भनिएको छ ।
कोदोको रक्सी ब्रान्डसङ, ह्विस्की उत्पादन तथा ब्रान्डसङलाई समेत प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा राखेको छ ।  कोदोको रक सी ब्रान्डसङ गर्न बजेट समेत विनियोजन भएकाले रक्सी ब्रान्डसङलाई जसरी पनि अगाडि बढाइने सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङको भनाई रहेको छ ।
विराटनगर अन्तर्राष्ट्रिय विमानस्थललाई समेत प्रदेशको गौरवको आयोजना भनी राखिएको छ । अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि तीन तहका सरकार बिच सम्झौता भएको १ वर्षभन्दा बढी समय बितिसकेको छ ।अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउनका लागि सरकारले १ सय २६ बिगाहा जमिन समेत अधिग्रहण गर्नका लागि रोक्का राखेको छ । तर मुआब्जाका लागि बजेटको व्यवस्थापन हुन सकेको छैन । तिन तहका सरकारको सहभागितामा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउने गरी सम्झौता गरे पनि अहिले सम्म कुनै पनि सरकारले बजेटको व्यवस्थापन भने गर्न सकेका छैनन् ।
योजना बैङ्क स्थापनाका लागि प्रदेश १ सरकारले कुनै कानुन बनाएको छैन । सङ्घीय सरकारले कानुन नबनाएका कारण प्रदेशले पहिला कानुन बनाउन बाधा भएको एक निवर्तमान मन्त्रीले बताउनु भयो। कर्मचारीहरू समेत सोही बहानामा पन्छिने गरेको उहाँको भनाई रहेको छ । प्रदेश सरकार आफैँ स्वायत्त भए पनि कर्मचारीहरूमा केन्द्रको धङधङी अझै कायम रहँदा प्रदेशमा काम गर्न समस्या भएको मन्त्रीको आरोप रहेको छ।
पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनु भएका नेकपा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्रीले प्रदेश योजना आयोगलाई काम दिन नसकेको आरोप लगाउनुभयो। अहिले सम्म योजना बैङ्क बनाउन प्रक्रिया नै सुरु नभएको भन्दै आङवोले आपति जनाउनु भएको छ ।
प्रदेश सरकारले गौरवका आयोजना भनेका केही आयोजनाहरू अलपत्र अवस्थामा छन् । केही आयोजना भने जेनतेन सञ्चालनमा रहेका छन् ।
गौरवको आयोजना भनी अघि बढाइएको झिना घाट–विराट चोक सडक खण्ड निर्माणाधीन अवस्थामा रहेको छ ।

Back to top button