नेपालद्वारा ओमानलाई १९७ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिकोणान्तमक शृङ्खलाको दोस्रो खेलमा नेपालले ओमानलाई १ सय ९७ रनको लक्ष्य दिएको छ । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर उक्त लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालका लागि ओपनर ब्याटस म्यान आशिफ शेखले सर्वाधिक ९० रन बनाउँदै वान डे क्रिकेटमा उच्च स्कोरको रेकर्ड बनाउन सफल हुनुभयो । शेखले ११२ बलमा १ छक्का र ७ चौकाको मद्दतले ९० रन बनाउनुभयो ।

कप्तान ज्ञानेन्द्र मल्लले २१, रोहित पौडेलले २०, करण केसीले २१ र सन्दीप लामिछानेले १६ रनको योगदान गर्नुभयो । मध्यक्रमको ब्याट्स म्यान टिक्न नसकेकोले सामान्य लक्ष्य प्रस्तुत गर्यो । ओमानका लागि विलाल खानले ४ तथा नेस्टर धाम्बाले २ विकेट लिनुभयो । पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

Back to top button