बहुमत पुर्‍याएर सरकार जोगाउँछौ : कार्की

झापा । नेकपा एमालेका नेता तथा प्रदेश सांसद हिक्मत कार्कीले बहुमत जुटाएर प्रदेश १ सरकार जोगाउने बताउनु भएको छ ।

आज झापा भएको कार्यक्रममा बोल्दै नेता कार्कीले ३० दिनभित्र विश्वासको मत लिएर मिभ आचार्य नेतृत्वको सरकार टिकाउने बताउनु भयो । नेता कार्कीले भने असोज तेस्रो साता प्रदेशसभाको अधिवेशन आह्वान हुने समेत बताउनु भयो । उहाँले प्रदेश सरकार जोगाउन लागि परेकाले सामान्य बहुमत पुर्‍याएर सरकार जोगाउने बताउनुभयो।

एमाले विभाजन भएर १० जनाले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार अल्पममा परेको छ । नेकपा एकीकृत समाजवादीका सांसदहरूले प्रदेश सरकारलाई आफ्नो दलको समर्थन नरहेको बताइसकेका छन् ।

Back to top button