रामधुनी नगरपालिका बालमैत्री नगर घोषणा

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकालाई बालमैत्री नगर घोषणा गरीएको छ ।

घोष्णासँगै रामधुनी सुनसरीको पहिलो, प्रदेश १ को दोस्रा र देशभरिमा १० औँ बालमैत्री नगर नगर भएको हो । झापाको भद्रपुर नगरपालिका भने यस अघि नै घोषणा भइसकेको छ । ५७ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर मङ्गलवार एक कार्यक्रमबिच प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सुहाङले बालमैत्री नगर घोषणा गर्नु भएको हो ।

कार्यक्रममा मन्त्री साम्सोहाङले बालबालिकाको भविष्यलाई ध्यान दिएर योजना बनाउन स्थानियतहलाई निर्देशन दिनुभयो। । बालबालिका भविष्यको नभएर अहिलेका कर्णधार भएको उहाँको धारणा रहेको छ ।

Back to top button