टिकटक बनाउने क्रममा सेती नदीमा खसेर नवविवाहित युवती बेपत्ता

काठमाडौँ । टिकटक बनाउने क्रममा तनहुँमा सेती नदीमा खसेर युवती बेपत्ता हुनुभएको छ । शुक्लागण्डकी नगरपालिका –८ पुलचोकस्थित रहेको सेती नदीको रक गार्डेनबाट खस्दा नवविवाहित युवती बेपत्ता हुनुभएको हो ।

टिकटक बनाउने क्रममा शुक्लागण्डकी–८ की १९ वर्षीया पवित्रा लम्साल खसेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो।

उहाँका अनुसार ३ जना साथीहरू सहित सेतीको किनारको रक गार्डेनमा फोटो र टिकटक बनाउन गएकी लम्साल नदीमाथिको पुलको बीचबाट खसेर बेपत्ता हुनुभएको हो । ।

केही दिन अघि मात्र विवाह भएकी लम्साल दुल्हन फर्काउन माइत आउनुभएके थियो । स्थानीय ,आफन्त र प्रहरीले लम्सालको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

Back to top button