विमानस्थलबाट २ करोड बढी मूल्यको सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २ करोड बढी मूल्यको सुन बरामद गरेको छ । श्री एयरलाइन्सको विमानबाट विराटनगर जान लागेका दुई यात्रुको साथबाट अवैध सुन बरामद भएको हो ।
आन्तरिक उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा बोध राज भण्डारी र मुरारी राज अधिकारी साथबाट २ करोड २४ लाख ९२ हजार ३सय ९७ रुपैयाँ बराबरको सुनका गहना बरामद भएको हो ।
सुनको कुल तौल ३ किलो ३६० ग्राम रहेको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जनाएको छ।

Back to top button