कांग्रेसले मोरङ सहित ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्यायो

मोरङ । नेपाली कांग्रेसले मोरङ सहित ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । काभ्रे, सिन्धुपाल्चोक, मोरङ, मोहत्तरी, बर्दिया, पर्सा, कैलाली बाजुराको विवाद मिलेको क्रियाशील टुङ्ग्याउन गठित कार्यदलका सदस्य योगेन्द्र चौधरीले जानकारी दिनुभयो। ।

बाँकी जिल्लाको विवाद क्रमशः मिलाउँदै जाने चौधरीले भनाईरहेको छ । क्रियाशील सदस्यता विवादकै कारण २० जिल्लामा कांग्रेसले हालसम्म वडा अधिवेशन गर्न सकेको छैन । कार्यतालिका अनुसार १८ भदौमा ७७ जिल्लाको वडा अधिवेशन गर्ने भनिएपनि हालसम्म ५६ जिल्लाको मात्र सम्पन्न भएको छ ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भएको वडा अधिवेशन भने विवादित बनेको छ । संस्थापन इतर समूहले डडेलधुराको वडा अधिवेशन पुनः गराउन माग गरिरहेको छ ।

Back to top button