प्रदेश सरकारलाई एक करोड मूल्य बराबरको स्वास्थ्य समाग्री हस्तान्तरण

विराटनगर । प्रदेश १ सरकारलाई प्रतिमान निमा स्मृति फाउण्डेशनले एक करोड मूल्य बराबरको स्वास्थ्य सामग्री आज हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई फाउण्डेशनकी कार्यकारी निर्देशक स्वाती थापाले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

अमेरिकी गैर सरकारी संस्था प्रोजेक्ट होपको सहयोगमा फाउण्डेशनले ११ प्रकारका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।

गाउन २४ सय थान, फेस शिल्ड २ हजार ३३२ थान, मास्क ८ हजार ४ सय थान, एन ९५ डिस्पोजेबल मास्क १८ सय थान, डिजिटल थर्मोमिटर २० थान, प्रोटेक्टीभ फेस शिल्ड १ हजार ८९० थान, पिपिई मेडियम २७६, पिपिई लार्ज २७६, इमरजेन्सी रिलिफ बेड ४ थान, ग्लोब्स एक लाख थान, केएन ९५ प्रोटेक्टीभ मास्क १५ हजार ३६० थान हस्तान्तरण गरेको हो ।

कार्यक्रममा समाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ, प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फडिण्द्र खत्रीलगायतको उपस्थिति रहनुभएको थयो ।

मुख्यमन्त्री आचार्यले फाउण्डेशनको सामाजिक सेवा उल्लेखनीय भएको बताउनु भयो । २००७ सालका क्रान्तिका योद्धा स्व.प्रतिमान चन्द्र बोहोराको स्मृतिमा उहाँका परिवारले फाउण्डेशन खोली स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा महत्वपूर्ण योगदान दिएकोमा मुख्यमन्त्री आचार्यले परिवारलाई धन्यवाद दिनु भयो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका कार्यकारी निर्देशक स्वाती थापाले, आगामी दिनहरुमा प्रदेश सरकारसंग समन्वय गरि यस प्रदेशमा कोरोना महामारीसंग लड्न र बच्नका लागी आवश्यक पर्ने थप सामाग्री, प्रशिक्षणलगायतका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

संस्थाले यस अघि ५ वटा प्रदेशमा यस्ता स्वास्थ्य सामाग्री वितरण गरि सकेको छ । केही दिनमा लुम्बिनी प्रदेशमा स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम रहेको कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिनु भयो ।

Back to top button