नेकपा एमाले मोरङ अध्यक्षमा ऋषिकेश पोखरेल चयन

विराटनगर । नेकपा एमालेको आज बसेको पूर्ण कमिटीको वैठकले अध्यक्षमा ऋषिकेश पोखरेललाई चयन गरेको छ । २०७५ जेठ २ मा फर्किने निर्णय गरेको नेकपा एमालेले त्यसलाई कार्यान्वयनको चरणमा लैजान आज पूर्ण वैठक बसेको थियो ।

नेकपा एमालेका केन्द्रीय सदस्य, प्रदेश समिति सचिव तथा जेठ २ मा फर्किएको निर्णयसँगै जिल्ला अध्यक्ष बन्नुभएका विनोद ढकालको अध्यक्षतामा बसेको बैठकले पार्टीको जिल्ला अध्यक्षमा पोखरेललाई चयन गरेको हो । वैठकमा जिल्ला अध्यक्ष ढकालले सचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव राख्नुभएको थियो । सोहि प्रस्तावलाई वैठकले सर्वसहमतिका साथ अनुमोदन गरेको हो ।

यसअघि पार्टीको केन्द्रीय सर्कुलर अनुशार मोरङको सचिवालय वैठकले २०७५ जेठ २ मा फर्किने निर्णयलाई कार्यान्वयन गर्दै विनोद ढकाल अध्यक्ष र ऋषिकेश पोखरेल सचिव रहने निर्णय गरेको थियो । २०७५ जेठ २ को अवस्थामा मोरङ जिल्ला समिति १ सय १६ सदस्यीय थियो ।

आजको वैठकमा १०७ जनाको उपस्थिति रहेको थियो । नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबाबु पण्डितको प्रमुख आतित्थतामा बसेको बैठकमा केन्द्रीय सदस्यहरु गुरु बराल, जीवन घिमिरे, डा. शिवमाया तुम्बाहाम्फेसहित मोरङका रहेका प्रदेश समिति सदस्यहरुको आतिथ्यता रहेको थियो ।

तत्कालिन कार्यसमितिमा रहेका आजको वैठकमा अनुपस्थित रहनेमा टंक भण्डारी, मानबहादुर श्रेष्ठ, मणि दाहाल, काशिम मियाँ, रविन नगरकोटी, उपेन्द्र घिमिरे, चण्डि राई, ओसिम आलम र पारुल क्षेत्री हुनुहुन्छ ।

यसैबिच आजको वैठकले यहि असोज १० गतेभित्र २०७५ जेठ २ मा फर्कने निर्णयलाई सवै स्थानीय तहमा कार्यान्वयन र व्यवस्थापन गरिसक्ने निर्णय गरेको छ । यस्तै असोज १५ भित्र सदस्यता नविकरण र व्यवस्थापन गरिसक्ने, सवै जनसंगठनहरुको असोज १० सम्ममा नविकरण तथा व्यवस्थापन गरिसक्ने निर्णय भएको छ ।

यस्तै संघीय राजधानीमा असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि प्रतिनिधिहरु क्षेत्रगत, समावेशीगत रुपमा जिल्ला कार्यालयले प्रस्ताव गयार गर्ने निर्णय गरेको छ ।

यसैगरि कोभिड–१९ का कारण लामो समयदेखि अस्तब्यस्त रहेको शैक्षिक क्षेत्रलाई खोपको आवश्यक व्ययवस्थापन गरि तत्काल सुरक्षित सु–सञ्चालनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण समेत गराउने निर्णय गरेको अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिनुभयो ।

Back to top button