मोरङलगायत १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

विराटनगर । गृह मन्त्रालयले मोरङ जिल्लालगायतका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीमध्ये ४ जनालाई जिल्लामा तानेको हो भने अन्यलाई जिल्लाहरुमा नै खटाएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलालाई गृह मन्त्रालयमा तानेको छ भने गृह मन्त्रालयबाट काशिराज दाहाललाई मोरङ पठाएको हो । प्रदेश १ का अर्को जिल्ला संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेललाई मन्त्रालयमा तानेर उहाँको ठाउँमा नुरहरी खतिवडालाई सरुवा गरिएको छ ।

यस्तै प्रदेश १ का अर्का जिल्ला उदयपुरको प्रमुख जिल्ला अधिकारीमा प्रदेश २ को आन्तरिक मामिला मन्त्रालयको सचिवबाट सरुवा भएर गृह मन्त्रालय पुगेका विरेन्द्रकुमार यादवलाई सरुवा गरेको छ ।

Back to top button