निरौलाको नेतृत्वमा सुकुम्बासी समस्या समाधान आयोग

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधानका लागि केशव निरौलाको नेतृत्वमा नयाँ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले ‘राष्ट्रिय भूमि आयोग, ०७८’ गठन गर्दै आयोगको अध्यक्षमा निरौला र उपाध्यक्षमा नहेन्द्र खड्कालाई नियुक्त गरेको हो ।

अध्यक्ष र उपाध्यक्षलाई प्रधानमन्त्री देउवाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो । अध्यक्ष नियुक्त भएका निरौला कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य हुनुहुन थियो । उनी नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोग देउवा प्रधानमन्त्री भएपछि साउन १९ गते खारेज गर्नुभएको थियो ।

Back to top button