पथरी उद्योग बाणिज्य संघमा तामाङ् निर्वाचित

विराटनगर । पथरी उद्योग वाणिज्य संघको १८ औं साधारणसभाबाट धनबहादुर तामाङको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ । तीन वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित तामाङ् नेपाली कांग्रेस समर्थित व्यवसायी हुन् । उनलाई काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीको संयूक्त गठबन्धनको समर्थन रहेको थियो ।

तामाङले ७३८ मत ल्याएर विजय हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी दिपक बस्नेतले ६८६ मत ल्याएर पराजित हुनुभयो । बरिष्ठ उपाध्यक्षमा गठबन्धनका उम्मेदवार ओमप्रसाद लिम्बूलाई पराजित गर्दै एमाले निकट तथा संघका संस्थापन पक्षका यादवचन्द्र दुलालले ७६१ मत ल्याएर विजय हुनुभएको हो । लिम्बूले ५६३ मत ल्याएर पराजित हुनुभयो ।

उपाध्यक्षमा संस्थापन पक्षकी आशा राईले ७५५ मत ल्याएर गठबन्धनका रविन राईलाई पराजित गर्नुभएको छ । राईले ५९४ मत प्राप्त गर्नुभएको थियो । महासचिवमा गठबन्धनका राजेन्द्र बस्नेतले ७६० मत ल्याएर संस्थापन पक्षका अशोक साम्पाङलाई पराजित गर्नुभएको छ ।

सचिवमा संस्थापन पक्षका ईश्वरी सापकोटाले ५५७ मत प्राप्त गरी विजय हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी गठबन्धनका खेमनाथ ढुंगेलले ४५३ र स्वतन्त्र उम्मेदवार टुङकुमार श्रेष्ठले २७१ मत प्राप्त गर्नुभयो ।

उद्योग सचिवमा गठबन्धनका प्रेम प्रसाद सुवेदीले ६७० मत ल्याएर संस्थापनका मानबहादुर श्रेष्ठलाई पराजित गर्नुभयो । श्रेष्ठले ६४५ मत ल्याउनु भयो । कोषाध्यक्षमा गठबन्धनका बिजयजंग बस्नेतले ७६२ मत ल्याएर विजय हुनुभयो ।

चार खुला सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका तुलसी लुनिया ६११, र ईन्द्र बहादुर राईले ६५६ मत ल्याएर निर्वाचित हुनुभएको छ भने संस्थापन पक्षबाट निलम बस्नेतले ७२१ मत र हरिराज प्याकुरेलले ६०३ मत ल्याएर विजय हुनुभयो ।

यसैगरि ,दुई महिला सदस्यमा संस्थापन समुहकी देवी राईले सबैभन्दा बढी ८६१ मत ल्याएर निर्वाचित हुनुभयो । अर्को महिला सदस्यमा गठबन्धनकी जुनी थपलियाले ६७७ मत ल्याएर विजय हुनुभयो ।

यस्तै, लेखा संयोजकमा संस्थापन पक्षका कृष्णप्रसाद भट्टराई ७२५ मत ल्याएर विजय हुनुभयो । दुई लेखा सदस्यमा गठबन्धनका प्रदिप पराजुलीले ६८७ र संस्थापन पक्षका एल्सन बास्तोलाले ६४० मत ल्याएर विजय भएको निर्वाचन समितिका संयोजक अर्जुन कुमार बुढाथोकीले बताउनुभयो ।

Back to top button