रतुवामाईमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

विराटनगर । रतुवामाईमा विभिन्न पार्टी परित्याग गरी १३७ जनाभन्दा बढी एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले रतुवामाई वडा ४ कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, माओवादी र जसपा परित्याग गरी १३७ जनाभन्दा बढी एमालेमा प्रवेश गर्नुभएको हो ।

कार्यक्रममा नवप्रवेशीहरुलाई स्वागत गर्दै नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा जिल्ला सम्वन्य समिति मोरङका प्रमुख नरेश पोखरेलले देश र जनताका लागि एमालेले मात्र काम गर्न सक्ने बताउनुभयो ।

उहाँले एमाले नेतृत्वको सरकारले गरेको जनपक्षीय कामले गर्दा नै विपक्षीहरुको एकजुट भई गठबन्धनमा लागेर एमालेलाई कमजोर बनाउन खोजेको बताउनुभयो ।

नेकपा एमाले ४ नम्बर वडा कमिटीका सचिव अमनकिशोर सिङको अगुवाइमा पार्टी प्रवेश कार्यक्रम भएको थियो । कार्यक्रममा रतुवामाई नगरपालिकाकी उपप्रमुख दयन्तादेवी चुडाल, एमाले रतुवामाइ नगर अध्यक्ष देवी दाहाल, उपाध्यक्ष कृष्ण ढकाल, सचिव नेवालाल राजवंशी, एमाले नेता शान्ति बराल लगायतको उपस्थिति रहेको थियो ।

Back to top button