‘टुल्की’फिल्म रिलिज

फिल्म हल सञ्चालनमा आउने भएपछि निर्माता निर्देशक फिल्म प्रचार प्रसारमा समेत जुट्न थालेका छन् । यस्तैमा फिल्म ‘टुल्की’ को टिजर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गर्दै निर्माण युनिटले फिल्मको टिजर सार्वजनिक गरेको हो ।टिजरमा फिल्मका केही महत्वपूर्ण दृश्य समेटिएका छन् ।

ब्राम्हण युवतीले माथिल्लो डोल्पाको शेर्पासँग मायाप्रेममा परेर विवाह गरेपछि भोग्नुपरेको समस्या फिल्मले देखाउन खोजेको छ ।
द पाल्म ग्रुप प्रालिको ब्यानरमा लक्ष्मण सुनारको कथा रहेको फिल्मको निर्देशक देवजंग थापाले गर्नु भएको हो । शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको कलाकार को अभिाय रहेको छ ।

एक करोड लागतमा तयार भएको फिल्म आरपी कर्माचार्य र शेखर लामाले निर्माण गर्नु भएको हो। लकडाउनको समय सदुपयोग गर्दै छायाँकन भएको फिल्ममा सन्जिव लिम्बुको संगीत, तारा थापा ‘किम्भे’ को सम्पादन छ ।

Back to top button