माधव नेपालले लिएको बाटो ठिक छैन, एमालेमै फर्किनुस्: अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको बताउनुभएको छ । आज काठमाडौ जिल्लाका एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले नेता नेपाललाई फुटको लाइन ठीक नभएको भन्दै एमालेमै फर्कन आग्रह गर्नु भएको हो ।
‘माधव नेपालले लिएको लाइन ठिक होइन, अहिले फुटको होइन, जुटको राजनीति र सुदृढ एमालेको आवश्यकता छ’, बागमती प्रदेशी मुख्यमन्त्रीसमेत रहनुभएकी शाक्यले भन्नुभयो ‘मेरो प्रस्ट धारणा छ । माधव नेपाल हाम्रो नेता हो, तर आज जीवन त्याग गरेको पार्टी छोडेर आन्दोलन अघि बढाउँछु भन्नुभएको छ यो ठिक होइन, फेरि समिक्षा गर्नुस्, फर्केर आउनुस्, तपाईको भुमिका एमालेमा अझै आवश्यक छ। पार्टी विभाजन गरेर फाइद हुन्न।’
उहाँले टुटफुट र जुटबाट गुज्रँदै यहाँ आएको एमालेका लागि आजको आवश्यकता भनेको ‘सुदृढ नेकपा एमाले’ हुने भन्दै यसलाई बलियो र विचारयुक्त बनाउन विचारबाट विचलित हुन नहुने बताउनुभयो ।

Back to top button