मन्त्रालय भागवण्डाका मिलाउन बालुवाटारमा छलफल

काठमाडौं । सरकारले पूर्णत पाउन नसकेपछि सत्ता साझेदार दलहरु मन्त्रालय भागवण्डाको विषयमा छलफलमा जुटेका छन् । मन्त्रालय भागवण्डाको विषयलाई टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन सरकारको साझा न्युनतम कार्यक्रम कार्यदलको बैठक जारी छ । बैठकमा गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डा र राजनीतिक दलसम्बन्धी अध्यादेशमा सहमति जुटाउने विषयमा छलफल भैरहेको जनाइएको छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बिस्तारका लागि सत्ता साझेदार दलहरूसँग मन्त्रीको नाम माग्दा पनि राजनीतिक दलसम्बन्धी अध्यादेश विवादका कारण सरकार विस्तार हुन सकेको थिएन । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको कार्यदलमा काँग्रेसका रमेश लेखक, मिनेन्द्र रिजाल, माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ र जसपाका तर्फबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ हुनुहुन्छ ।

Back to top button