झापा अर्जुनधाराका आगलागीपीडित खनाल परिवालरलाई सहयोग गर्न अपिल

झापा । झापाको अर्जुनधारा नगरपालिका ७ का आगलागीपीडित खनाल परिवालरलाई सहयोग गर्न अपिल गरिएको छ । पुष्पलाल रोड निवासी रोमनाथ खनालको घरमा शनिबार खाना पकाउने ग्यास लिकेज भई भएको आगलागीमा परी रोमनाथ खनालसहित श्रीमती र छोरा गम्भीर घाइते हुनुभएको थियो ।

हाल उहाँहरूको कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचारत भइरहेको परिवार स्रोतले जनाएको छ । घाइते तीन जनामध्ये छोराको अवस्थामा क्रमिक सुधार आएको बताइएको छ । खनाल दम्पतीको भने सघन उपचार कक्षमा उपचार जारी रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

उहाँहरूको उपचारमा करिब २२ देखि २५ लाख रूपैयाँ लाग्ने अस्पताल प्रशासनले जानकारी दिएको छ । ‘सामान्य व्यवसायबाट जीवीकोपार्जन गर्दै आएको खनाल परिवारसँग उपचार गर्ने र घर पुनर्निर्माण गर्ने अवस्था छैन, खनाल परिवारमा परेको यो संकटलाई मध्यनजर गर्दै हामी स्थानीय र छरछिमेकको पहलमा आर्थिक संकलन समिती गठन गरेका छन् । देश विदेश रहनुभएका मनकारीहरूलाई हामी आर्थिक सहयोगको अपिल गर्दछौं,’ पत्रकार टंक खनालले जानकारी दिनुभयो।

सहयोग गर्न इच्छुकले सिभिल बैकको खाता नम्बर 07610551951012 मा रकम जम्मा गरिदिन पनि उनले आग्रह गरेका छन् । ‘

Back to top button