मादी हत्याकाण्डको सफल अनुसन्धान गर्ने प्रदेश प्रहरी प्रमुख विसीसहित पाँच जना पुरस्कृत

विराटनगर। संखुवासभाको मादी गाउँपालिका–१ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान गर्ने प्रदेश १ का प्रहरी प्रमुखसहित ५ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको छ । उक्त घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा प्रशंसनीय कार्य गर्ने १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख, प्रहरी नायव महानिरीक्षक(डीआईजीपी) अरूणकुमार विसीसहित ५ जना प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयले नगद पुरस्कारद्वारा पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा डीआईजीपी विसीसँगै प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक (एसपी) भिमबहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी निरीक्षक (इन्सपेक्टर) मणिराम थापा र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान शाखाका प्रहरी निरीक्षक (इन्सेक्टर)बबिन्द्र नेम्बाङ रहनुभएको छ ।
प्रहरीहरुले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप अभिलेखमा राखिनेगरी प्रहरी प्रधान कार्यालयले बिहीबार नगद पुरस्कारद्वारा पुरस्कृत गर्ने निर्णय गरेको हो ।

Back to top button