नेकपा एकिकृत समाजवादीको केन्द्रीय पार्टी कार्यालय उद्घाटन आज

काठमाडौँ । नेकपा एकीकृत समाजवादी को केन्द्रीय कार्यालय काठमाडौंस्थित आलोकनगरमा राखिएको छ । कार्यालय भवन आज बिहान पार्टी अध्यक्ष माधव नेपालसहित केन्द्रीय पदाधिकारीले उद्घाटन गर्ने तय भएको छ ।

पार्टी केन्द्रीय कार्यालय काठमाडौं ममहानगरपालिका– ३१, आलोकनगर, बागमती करिडोर छेउमा रहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टीले छिट्टै नै मुखपत्र, बुलेटिन प्रकाशन गर्ने र पार्टीका गतिविधि प्रचार–प्रसारका लागि सामाजिक सञ्जाल खोल्ने तयारी पनि गरिएको खतिवडाले बताउनुभयो ।

पार्टी नेता तथा सांसद जीवनराम श्रेष्ठले संघीय संसद् अवरोध हुँदा नेपाली नागरिकता, प्रहरी, तेजाबविरुद्ध, यौन हिंसाविरुद्ध, कोभिड संकट, फौजदारी कसूर, औषधि, स्वास्थ्यकर्मीसँग सम्बतिन्धत अध्यादेश अलपत्र परेको उल्लेख गर्नुभयो ।

उहाँले विधिको शासन कायम गर भन्ने नेकपा एमालेले नै संसदीय नियमावलीविरुद्ध संसद् अवरोध गरेको भनी आपत्ति व्यक्त गर्नुभयो ।

Back to top button