नेपालीको ‘यतातिर दुख्यो कहिले’ सार्वजनिक

काठमाडौं । गायक रामकुमार नेपालीको स्वर रहेको गीत ‘यतातिर दुख्यो कहिले’ सार्वजनिक भएको छ । म्युजिक भिडियोसहित सार्वजनिक भएको यो गितमा अभिनेत्री निता ढुङ्गानाको प्रेम, रोमान्स र प्रेमपीडा देखाउन खोजिएको छ ।

गायक नेपालीकै शब्द तथा संगीत रहेको यो गितको म्युजिक भिडियोमा निताको साथमा अशोक केसी, सुभाष सुवेदी, समीक्षा भुजेल, निराजन केसीको अभिनय रहेको छ । यस्तै सोनाम, विष्णु बरुवाल, लिला कार्की बरुवाल, बडाल कार्की, अनिता खड्का, विवेक केसीले बालकलाकारको भूमिका निर्वाह गर्नुभएको छ । क्रान्ति केसीको निर्देशन र सम्पादनमा रहेको भिडियोलाई उत्सव दाहालले छायाङ्कन गर्नुभएको हो ।

Back to top button