माओवादीमा माथिबाट नेता तोकिदिने परिपाटी अन्त्य गरौं : जनार्दन शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीका हरेक तहका कमिटीहरूमा कार्यकर्ताले नेता छान्न पाउने विधि लागू गर्नुपर्ने बताउनु भएको छ । माओवादीमा टिके प्रथा हावी भएको भनि टिकाटिप्पणी बेलाबेलामा हुने गरेकोमा शर्माले यस्तोबताउनुभएको हो ।

अनेरास्ववियू क्रान्तिकारीको २४ औं क्याम्पस जिल्ला सम्मेलनलाई राजधानीमा सम्बोधन गर्दै नेता शर्माले माथिबाट नेता तोकिदिने परिपाटी अन्त्य गर्दै जानुपर्नेमा जोड धारणा राख्नुभयो
माओवादी केन्द्रका संगठन विभाग प्रमुख समेत रहनुभएका नेता शर्माले संगठनका हरेक तहमा युवाहरुले आफ्नो नेतृत्व आफै छान्ने विधिलाई स्थापित गर्नुपर्ने बताउनुभयो। ‘युवाहरु अघि बढ्नुस्, आफ्नो नेता तपाई आफै चुन्नोस्’ उहाँले भन्नुभयो ‘माथिबाट तोकिदिएको नेताले भन्दा चुनिएर आएको नेताले संगठन बनाउँछ, पार्टी बनाउछ ।’ उहाँले पार्टीको नीतिबमोजिम विद्यार्थी संगठनमा समेत ३५ प्रतिशत संख्यामा महिला नेतृत्व चुन्न आग्रह गर्नुभयो ।
यस्तै सरकारले ‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याएको जानकारी दिँदै मन्त्री शर्माले अब हरेक विद्यार्थी स्वरोजगार हुँदै जानुपर्ने र हरेक विद्यार्थी कुनै न कुनै उत्पादनमूलक काममा समेत जोडिनुपर्ने बताउनुभयो

Back to top button