आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन

विराटनगर ।मोरङको पथरी शनिश्चरे४ नम्बर वडाको आधारभूत स्वास्थ्य केन्द्रको आज उद्घाटन गरिएको छ ।एक कार्यक्रमबिच नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोलाले भवनको उद्घाटन गर्नुभएको हो । स्वास्थ्य, शिक्षामा  नगरपालिकाले  पहिलो प्राथमिकता राखेको नगर प्रमुख राईले बताउनु भयो । स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा, आधारभूत स्वास्थ्य केन्द्रका लागि अडाइ कट्ठा जग्गा दान गर्ने  चन्द्रप्रसाद अधिकारी र  ३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ ।

Back to top button