दिनदिनै कर्मचारी सरुवा

काठमाडौँ। गत मंगलबार गृहमन्त्रालय ल्याइएका सहसचिवलाई भोलिपल्टै प्रमुख जिल्ला अधिकारी बनाएर सरुवा गरिएको छ ।मंगलबार मात्रै सरकारले ८५ जना सहसचिवको सरुवा गरेका थियो । त्यसको भोलिपल्टै सरकारले १६ जना प्रमुख जिल्ला अधिकारीको हेरफेर र सरुवा गरेको छ । गृहको अनुभव नै नभएकालाई समेत सिडिओ बनाएर पठाइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सरुवा हुनुभएको थियो । ऋषिराज तिवारी र दीपककुमार पहाडीलाई प्रजिअ बनाएर पठाइएको छ । गृहसचिव टेकनारायण पाण्डे पनि भूमि व्यवस्था मन्त्रालयबाटै गृहमा सरुवा हुनुभएको थियो । उहाँ भूमि व्यवस्था रहँदाका विश्वासपात्र तिवारी र पहाडी गृहमा लगेर सिडिओ बनाइएको छ ।

तिवारीलाई गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला रुपन्देहीको सिडिओ बनाएर पठाइएको छ भने पहाडी रामेछापको प्रजिअ बन्नुभयो। त्यस्तै मंगलबार नै गृहमा सरुवा भई आएका सहसचिव वीरेन्द्रकुमार यादव, काशीराज दाहाल, पुन्यप्रसाद पौडेल, शंकरहरि आचार्यलाई पनि एक दिनपछि बुधबार नै सिडिओ बनाइयो ।

दाहाल प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालय, पौडेल कर्णाली प्रदेश र यादव प्रदेश २ को आन्तरिक मामिला तथा कानून मन्त्रालय तथा आचार्य प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशमा हुनु हुन्थयो ।

दाहाललाई मोरङ, पौडेललाई गुल्मी र यादवलाई उदयपुर र शंकरहरि आचार्यलाई गोरखाको सिडिओ बनाएर खटाइएको छ । लोकसेवा आयोगबाट गृहमा सरुवा भएका कृष्णप्रसाद लम्साल पनि धादिङको प्रजिअ बन्नुभयो ।

Back to top button