कांग्रेसले आज क्रियाशील सदस्यता विवाद सुल्झाउँदै

काठमाडौं । कांग्रेसले आसन्न १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद आज सुल्झाउँदै छ । कांग्रेसका शिर्ष नेताहरुबीच हिजो भएको छलफलले आजसम्ममा विवाद सुल्झाउने सहमति भएको हो ।

छलफलमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुनुहुन् थियो ।

प्रदेश २ का सबै ८ जिल्लालगायतका १३ जिल्लामा क्रियाशील सदस्यतामा विवाद रहेकोले ती जिल्लाहरुमा वडा अधिवेशन हालसम्म अनिश्चित बनेको छ । आज क्रियाशील सदस्यता विवाद टुंगिएपछि असोज ५ गते सबै जिल्लामा वडा अधिवेशन सम्पन्न हुने एक नेताले बताउनु भयो ।

Back to top button