इन्द्रजात्राको लिङ्गो आज ठड्याइँदै

काठमाडौं । हनुमानढोका बसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राका लागि आज लिङ्गो ठड्याइँदै छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने इन्द्रजात्राको इन्द्रध्वजोत्थान अर्थात् लिङ्गो ठड्याइँदै छ ।

कोरोना महामारीले गत वर्ष पूजा आराधना गरी स्थगित गरिएको यात्रा यस वर्ष स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम उपस्थितिमा गर्ने निर्णय गरिएको हो ।

जात्राका लागि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ मर्मत गरिएको छ। तीनै वटा रथको जात्रा शुरु गरिने इन्द्रजात्राको मुख्य दिन भोली राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा आउने कार्यक्रम तय गरिएको छ।

Back to top button