सत्ता अस्थायी चिज हो, जनता स्थायी हुन् : राज्यमन्त्री अधिकारी

विराटनगर । प्रदेश १ का आन्तरीक मामिला तथा कानुन राज्यमन्त्री लिलाबल्लभ अधिकारीले सत्ता अस्थायी चिज रहेको भन्दै स्थायी त जनता मात्र रहेको बताउनुभयो ।

राज्यमन्त्री भएपछी पहिलोपटक निर्वाचन क्षेत्र पुग्नु भएका उहाँले नेकपा एमाले कानेपोखरी १ वडाकमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै भन्नुभयो, ‘सत्ता आवधिक हुन्छ, तर जनता सधै स्थायी हुन्छ चाहे जित्दा होस या हार्दा नै किन नहोस ।’

उहाँले यही क्षेत्रका जनताले जिताएर प्रदेश सांसद बनाएको छ । त्यही कारणले अहिले मैले सत्ताको जिम्मेवारी पनि पाएको छु, उहाँले भन्नुभयो,’तपाईहरूले शिर निहुरीने काम गर्दिन । उहाँले सडक नै नभएका आलि नै रहेका क्षेत्रसमेत नगरपालिका बनेको भन्दै सबै आलिलाई सडक बनाई कालोपत्रे सम्म बनाउन समय भने लाग्ने बताउनुभयो ।

जनताले जनप्रतिनिधिसँग केही नमागेको भन्दै केवल इमान्दार बनोस भन्ने चाहना राखेको बताउनुभयो । उहाँले भन्नुभयो: जनताले सकेको बिकास गर तर भ्रष्टाचार नगर भनेका छन । भेदभाव नगर, उचो निचो नगर सबैलाई समान व्यवहार गर मात्र भनेको छ । आफूले पनि सम्हालेको मन्त्रालयमा रहदा इमान्दारपूर्वक रूपमा जनताको हित अनुकुलको कानूनहरू निर्माण गर्न प्रयत्न गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले परमादेश बाट बनेको सरकार असफल सिद्द भैसकेको बताउनुभयो । अहिलेसम्म नभएको बजेट होलिडेको अवस्था कसरी आयो त्यो जनताले थाहा पाइरहेको बताउनुभयो । यस्तै उहाँले एमालेबाट केही नेता कार्यकर्ता बाहिरिदा केही क्षती भएपनि त्यसलाई पूर्ती गर्नेगरी हामी अगाडि बढ्नुपर्ने बताउनुभयो ।

यसैगरी अध्यक्ष काफ्लेले गाउँपालिका भित्र बयरबनमा १५ बेडको अस्पताल शुरु गरेको बताउनुभयो । यसैबिच बिस्तारीत बैठकले चन्द्र मगरलाई संयोजक, गोपाल मगरलाई सह संयोजक, अर्जुन कार्कीलाई सचिव र अहद ठाकुरलाई सह सचिवको जिम्मेवारी दिएको छ । यस्तै बैठकले १७ सदस्यीय सचिवलय गठन गरेको सचिवालय सदस्य दिपक तिवारीले बताउनुभयो ।

Back to top button