श्रीलंकाका क्रिकेटर दिलशान विराटनगरबाट खेल्ने

काठमाडौं । श्रीलंकाका क्रिकेटर दिलशान मुनावीरा विराटनगर वारियर्सबाट खेल्ने हुनुभएको छ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि अनुबन्ध हुनुभएको हो ।

उहाँलाई विराटनगरले चौथो विदेशी खेलाडीको रुपमा गरेको अनुबन्ध गरेको हो । ३२ वर्षीय दिलशानले श्रीलंकाका लागि १३ टी–२० अन्तर्राष्ट्रिय र २ एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ ।

विराटनगरले यसअघि जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजा, क्यानडाका रेयानखान पठान र वेस्ट इन्डिजका हेमराज चन्द्रपललाई अनुबन्ध गरेको थियो । चौथो संस्करणको ईपीएल यही असोज ९ देखि २३ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुदैछ ।

Back to top button