नेकपा माओबादी केन्द्र मिक्लाजुङको अध्यक्षमा राई

मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रबार सम्पन्न नेपाल कम्युनिष्ट पार्टी ( माओबादी केन्द्र) मिक्लाजुङ गाउँ कमिटीको भेलाले उमेश राईको अध्यक्षतामा ७६ सदस्यीय गाउँ सम्मेलन आयोजक कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।

मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा रहेको रेषम खेतीको चर्चमा भएको भेलाले उमेश राई अध्यक्ष , प्रदिप पौडेल सचिव सहित ७६ सदस्यीय सम्मेलन कमिटी सर्वसम्मत चयन गरेको हो ।

सोही भेलाले सहिद परिवार १०, पूर्व जनमुक्ती सेनाका २०, जेल जीवन बिताउने १० , बेपत्ता परिवारका ५, जनयुद्धमा विशिष्ठ योगदान पुर्‍याउने २० जनालाई सम्मान गरेको थियो ।

गाउँ सम्मेलन कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमखु अतिथी संविधान सभा सदस्य तथा नेकपा माओबादी केन्द्रको केन्दीय सदस्य सावित्री कुमार काफ्ले (समर)ले नेपालमा कम्युनिष्ट पार्टीहरुको एकता गर्ने भन्दै केपी शर्मा ओलीले नेपाली जनतालाई धोका दिएको बताउनुभयो ।

देश हालसम्म नेकपा माओवादीले ल्याएका ऐजेण्डाकै आधारमा चलीरहेको भन्दै उहाँले अब पनि नेकपा माओबादी केन्द्रकै एजेण्डामा अघि बढ्ने दावि गर्नुभयो । राजनितीमा असम्भव केही नहुने भन्दै काफ्लेले अबको चुनावमा आफ्ना राम्रा एजेण्डा सहित माओवादी केन्द्र पहिलो पाटी बनेर आउने विश्वास ब्यक्त गर्नुभयो ।

नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय इन्चार्ज गणेश उप्रेती (शुशिल)ले नेकपा माओवादी केन्द्रसंग मात्रै देशलाई अगाडी बढाउन सक्ने क्षमता रहेको र त्यसको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गरीरहेको बताउनुभयो ।

जिल्ला समन्वय सह इन्चार्ज तथा मोरङ क्षेत्र नं. १का प्रदेश सभा सदस्य कुल प्रसाद साम्बाले कमि–कमजोरीलाई मनन् गर्दै अब जनताको मनको पार्टी नेकपा माओबादी केन्द्र बन्ने दाबी गर्नुभयो ।

 

Back to top button