राष्ट्रिय युवा संघ कानेपोखरी –२ कमिटी गठन

कानेपोखरी । राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी गाउँपालिका– २ को वडा कमिटी गठन भएको छ । नेकपा एमाले वडा कमिटीको आयोजनामा भएको भेलाले राजेश बिष्टको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो ।

नव गठित समितिको उपाध्यक्ष होमबहादुर खत्रि, सचिवमा सन्तोष नेउपाने, सह–सचिवमा खगेन्द्र लुईटेल र कोषाध्यक्षमा विकास काफ्ले चयन हुनुभएको छ ।

कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले कानेपोखरीका अध्यक्ष दानबहादुर बस्नेत, राष्ट्रिय युवासंघ केन्द्रीय सदस्य शुसिल बुढाथोकी , खेलकुद महासंघका केन्द्रीय सदस्य कुमार फुयाँल, युवासंघ गाउँ कमिटी संयोजक अशोक फुयाँल लगायतको उपस्थिती थियो ।

नेकपा एमाले कानेपोखरी– २ का अध्यक्ष पर्शुराम खतिवडाको अध्यक्षतामा भएको भेलालाई सचिव कमल रिजालले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा नव गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि ताराबहादुर काफ्लेले हरेक युवाहरुले उद्यमसँग जोडिन तथा इमान्दारपूर्वक जनताको मन जित्न शुभकामना दिनुभयो ।

Back to top button