प्रचण्ड र माधवको पार्टीसँग तालमेल हुदैन : अध्यक्ष ओली

अनेराश्ववियूको अध्यक्षमा सुनिता बराल चयन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदका लागि विवाद नगर्न विद्यार्थी नेताहरुलाई आग्रह गर्नुभएको छ ।

आज ललितपुरको च्यासलस्थित पार्टी निकट अनेरास्ववियूको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले युवा भएकाले अहिले आफ्नो पहिचान स्थापना र क्षमता निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

अहिले नै पदको लोभमा लाग्ने बेला नभएको भन्दै उहाँले पदकै मात्र कुरा गरेर प्रचण्ड र माधव नेपालहरु बाहिरिएको उहाँले बताउनुभयो । यस्तै नेकपा एमालेका अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट नभएको टिप्पणी गर्नुभयो ।

उहाँले दुवै जना प्रतिगामीका पुच्छर रहेको भन्दै आलोचना गर्नुभयो । अध्यक्ष ओलीले चुनावमा माधव र प्रचण्डको पार्टीसँग कुनै तालमेल नहुने समेत बताउनुभयो ।

अनेराश्ववियूको अध्यक्षमा सुनिता बराल चयन

यसैबिच नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन हुनुभएको छ ।

आज भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन हुनुभएको छ ।

अध्यक्ष ऐन महरसहित पदाधिकारीले भने विद्यार्थी संगठनबाट विदा लिनुभएको छ ।

Back to top button