कमेडी च्याम्पियन सिजन २ को उपाधी पौडेलको पोल्टामा

काठमाडौं । कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलको पोल्टामा आएको छ । ग्राण्ड फिनालेमा पौडेलले कमेडी रियालिटी सो च्याम्पियनको उपाधि जित्नु भएको हो । कमेडी च्यापियनको उपाधिसँगै पौडेलले कार र २५ लाख नगद प्राप्त गर्नुभयो ।

सिक्किमका विक्की अग्रवाल फस्ट रनरअप र गोरखाका सन्तोष थापा सेकेन्ड रनरअप हुनुभयो । संसारभरिका दर्शकको मतदानले पौडेललाई विजेता छानिएको हो । पौडेलले पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेर चर्चा बटुल्नु भएको थियो ।

Back to top button