पत्रकार हरिबहादुर थापाद्धारा पदक अस्विकार

काठमाडौं । सरकारले प्रदान गर्ने सुप्रबल जनसेवाश्री पदक पत्रकार हरिबहादुर थापाले अस्विकार गर्ने घोषणा गर्नुभएको छ । यस अघि अर्का पत्रकार (कार्टुनिष्ट) रविन सायमीले पनि पदक अस्विकार गरेको घोषणा गर्नुभएको थियो ।

संविधान दिवस २०७८ को अवसरमा सरकारले ९ सय जनाभन्दा बढीलाई पदक दिने निर्णय गरेको छ । इकागज डटकमका प्रधानसम्पादक थापाले सामाजिक सन्जालमार्फत् पदक अस्वीकार गरेको उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ,‘सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।’ उहाँले विगतमा पनि पटक पटक पदकका लागि आफूलाई सोध्ने गरिएको तर यसपटक सोध्दै नसोधि पदक पाउनेहरुको सूचीमा आफ्नो नाम आएको भन्दै आश्चर्य समेत ब्यक्त गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ । कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ ।’

Back to top button