परेवा उडाउदै अनेरास्ववियुले मनायो संविधान दिवस

विराटनगर । अनेरास्ववियु विराटनगर महानगर कमिटीले परेवा उडाउदै संविधान दिवस मनाएको छ । विराटनगर –४ खार्जी स्थित ग्रीन पार्कमा आयोजित कार्यक्रममा शान्तिको प्रतिक परेवा उडाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका वडा अध्यक्ष जितन थापासहित विद्यार्थी नेताहरुले सेता परेवा उडाउदै सातौं राष्ट्रिय संविधान दिवसको शुभकामना व्यक्त गर्नु भयो ।

विराटनगर महानगर संयोजक कुश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका वडा अध्यक्ष जितन थापा, राष्ट्रिय युवा संघका केन्द्रिय सचिवालय सदस्य नवराज नेपाल, अनेराश्ववियुका केन्द्रीय सदस्य नवीन निरौला, मोरङका सचिवालय सदस्य जोसेफ घिमिरे, विरेन्द्र घिमिरेलगायतको उपस्थिति थियो ।

संविधान दिवसको शुभकामना आदानप्रदान सँगै उहाँहरुले मोरङका विद्यार्थी नेता भाष्कर खनाल हिजो मात्र अनेराश्ववियुको केन्द्रीय उपमहासचिव चयन हुनुभएकोमा बधाई तथा कार्यकाल सफलताको शुभकामना समेत ब्यक्त गर्नुभएको छ ।

कार्यक्रममा स्थानीय पार्क परिसरमा सरसफाई समेत गरिएको छ ।

Back to top button