नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी आज बैठक बस्दै छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा केहिवेर पछि स्थायी कमिटी बैठक बस्न लागेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको हो ।

बैठकमा विधान महाधिवेशन तयारी र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म विधान महाधिवेशन गर्दैछ।

विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदनलगायत प्रतिवेदन तयार पार्न छलफल भईरहेको छ ।

Back to top button