ड्राईभिङ लाइसेन्सको आवेदन असोज दोस्रो साताबाट खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को नयाँ आवेदन असोज दोस्रो सातादेखि खोल्ने भएको छ ।

कोभिड–१९ को संक्रमण फैलिएपछि बन्द भएको लाइसेन्सको आवेदन ५ महिनापछि खुल्न लागेको हो । नेपालमा दोस्रो लहरको कोभिड संक्रमण फैलिएपछि विभागले वैशाख १६ गतेदेखि आवेदन लिन बन्द गरेको थियो ।

विभागका महानिर्देशक नमराज घिमिरेले असोज दोस्रो साताबाट विभागले आवेदन सेवा सुचारु गर्ने र सेवाग्रहीले आवेदन दिनसक्ने बताउनुभएको छ ।

विभागले बन्द हुनुअघि नै फारम भरिसकेका सेवाग्राहीहरुको भने गत भदौ २० देखि लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै आएको छ ।

विभागले नयाँ ‘सवारी अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ जारी गरेको छ। जसमा पहिले जस्तो सामान्य गल्ती हुँदैमा फेल नहुने व्यवस्था गरिएको छ ।

लिखितमा न्यूनतम ६० अंक ल्याएमा उत्तिर्ण हुने र प्रयोगात्मकमा १०० पूर्णाङ्क​ रहेकोमा ७० ल्याएमा पास हुने कार्यविधिमा उल्लेख छ।

Back to top button