हृदयघातका कारण रमेश केसीको निधन

काठमाडौं । कलाकार रमेश केसी मट्टारेको ६९ वर्षिको उमेरमा हृदयघातका कारण निधन भएको छ । सुटिङका क्रममा अचानक ढल्नु भएको उहाँको गंगालाल हृदयरोग केन्द्रमा पुर्‍याउनासाथ मृत्यु भएको हो।

‘हर्के हवल्दार’ टिमको म्युजिक भिडियो सुटिङका लागि मोटरसाइकलमा महाँकाल स्थित छन्दे स्टुडियो पुग्नु भएका केसि केही समयपछि अचानक बेहोस भएर ढल्नु भएको थियो ।

रंगमञ्चबाट अभिनय थाल्नु भएका केसीले थुप्रै थुप्रै टेलिसिरियल र फिल्ममा अभिनय गर्नु भएको छ। उहाँ पछिल्लो समय ‘एकादेशको चुरिफुरी’, ‘हर्के हवल्दार’ लगायतका सिरियलमा अभिनय गदै आउनु भएको थियो । उहाँका श्रीमती, ३ छोरी र २ छोरा छन् ।

Back to top button